यहि भदौ १४ गतेदेखि वात्सल्य हेल्थ केयर पाँचौं वर्षमा प्रवेश गरेको छ।
वार्षिक उत्सवको अवसरमा वात्सल्यले भदौ मसान्तसम्म प्रजनन् जाँचका लागि आउने दम्पतिका लागि निःशुल्क ओपिडी र अल्टासाउन्डको व्यवस्था मिलाएको जानकारी दिएको छ।
हालसम्म वात्सल्यमा ३ हजार दम्पतिले आइभिएफ्, आइयुआइ तथा अन्य उपचार विधिबाट सफलतापूर्वक सन्तान जन्माउन सफल भएका छन्।
गत जुलाइमा यस क्लिनिकले ७१ प्रतिशत सफलता हाँसिल गरेको थियो। वात्सल्यले सामाजिक संजाल मार्फत जानकारीमूलक सामाग्री राख्दै सचेतना फैलाइरहेको छ।