अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनले झण्डै डेढ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।
कोभिडको सम्भावित तेस्रो चरणलाई मध्यनजर गर्दै १ करोड ३६ लाख ७० हजार २९६ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री कर्णली प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो।
सेभ द चिल्ड्रेनको सुर्खेतमा रहेको मध्य तथा सुदूरपश्चिम फिल्ड कार्यालयले दुई वटा भेन्टिलेटर, ३ हजार ४७४ थान पिपिई, ८ थान अक्सिन कन्सन्ट्रेटर लगायतका अन्यत कोभिड प्रतिकार्यका लागि आवश्यक सामग्री दिएको हो।
सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीमार्फत् सेभ द चिल्ड्रेनका एसोसियट डाइरेक्टर धन भुसालले उक्त सामग्री प्रदेश सरकारलाई हस्तान्तरण गरेकी हुन्।
भेन्टिलेटरहरू अस्पतालको प्राथमिकता अनुसार प्रदेश सरकारले उपयोग गर्न सक्नेछ।
सहयोग सामग्री बुझ्दै सामाजिक विकास मन्त्री बुढाक्षेत्रीले गैरसरकारी निकायबाट सरकारलाई गरिएको सहयोग सह्रानीय भएको बताए। कोभिड रोकथामका लागि सबै निकायहरू हातेमालो गरी अगाडि बढ्नुपर्ने उनले बताए।