ललितपुरको ग्वार्कोमा रहेको ग्लोबल अस्पतालले चाडपर्व लक्षित हेल्थ प्याकेज अघि सारेको छ।
प्याकेज अन्तर्गत ९५० रुपैयाँमा कोभिडको आरटी पीसीआर परीक्षण गरिने अस्पतालका मेडिकल डाइरेक्टर डा उज्जवल ठाकुरले बताए।
'पीसीआर परीक्षण गराएर ढुक्क भएर दसैं मनाउन पाउन भन्ने हेतुले यो प्याकेज ल्याइएको हो,' उनले भने, 'सबै बेला फाइदा मात्र हेरेर हुँदैन यो हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका हौं।'
सरकारले निजीमा २ हजार र सरकारीमा १ हजार रुपैयाँ पीसीआर शुल्क तोकेको छ।
सरकारीमा पीसीआर परीक्षण गराउन भिडभाड हुने र निजीमा महँगो भएकाले धेरैले परीक्षण गर्न नसकेको भन्दै आफूहरुले सरकारी शुल्क भन्दा सस्तोमा पीसीआर परीक्षण गर्ने प्याकेज अघि सारेको उनले जनाए।
अस्पतालले कोभिडपछि देखिने पोष्ट कोभिड समस्या भएकालाई बिहान ९ बजेदेखि ५ बजेसम्म ओपीडीमा नि:शुल्क परामर्श दिने गरेकाे उनले जानकारी दिए।
यसैगरी कोभिडसम्बन्धी सम्पूर्ण अन्य सेवामा पनि अस्पतालले ५० प्रतिशत छुटमा सेवा दिने भएको छ। यो अफर आजदेखि शुरु भएर छठसम्म रहनेछ।