विश्व मुटु दिवसको अवसरमा चितवनका लायन्स क्लबहरूले विद्यार्थीहरूको मुटु परीक्षण गराएका छन्।
पश्चिम चितवनको शारदानगरस्थित न्यू भिजन एकेडेमीका ७ सय ८३ जना विद्यार्थीको नि:शुल्क मुटु रोग परीक्षण तथा परामर्श गरिएको हो।
लायन्स क्लब अफ चितवन विटिङ हर्ट, लायन्स क्लव अफ चितवन रोयल र लायन्स क्लव अफ चितवन कृष्णपुरले गरेको शिविरमा १ सय ७४ जनाको मुटुको नि:शुल्क भिडिओ एक्सरे गरिएको थियो। मुटु र बाथ रोग भएका १० जनाको परीक्षण गरिएको थियो।
लायन्स क्लब अफ चितवन विटिङ हर्टका अध्यक्षसमेत रहेका मुटु रोग विशेषज्ञ प्राध्यापक डा.श्यामराज रेग्मी, प्रा.डा.अनिल आचार्य, डा.सोभित थापा, डा.साहिद मुर्तुजा, अमृत काफ्लेलगायतले विद्यार्थीहरूको मुटुको परीक्षण गरेको लायन्स क्लब अफ चितवन कृष्णपुरका अध्यक्ष विनोद ढकालले बताए।
हर्ट फण्ड र राष्ट्रिय मुटु तथा फोक्सो समाजको सहयोगमा विद्यार्थीहरूको नि:शुल्क मुटु परीक्षण गरिएको लायन्स क्लब अफ चितवन रोयलका अध्यक्ष अमृत काफ्लेले बताए।