काठमाडौंको सिनामंगलमा रहेको क्रिस्टल डाइनोष्टिक प्रालि र्यापिड आरटी पिसिआर गरेर दुबइ यात्रु पठाउन छनौट भएको छ।
दुबइको नागरिक उड्यन प्राधिकरणले अनुमति दिएपछि क्रिस्टल डाइनोष्टिक दुबइ यात्रु पठाउन छनौट भएको हो।
छनौट भएसँगै क्रिस्टल डाइनोष्टिकले त्रिभुवन विमानस्थलमा ल्याव खाेलेर अहिले विदेश जानेलाई सेवा दिइरहेको छ।
क्रिस्टल डाइनोष्टिकले अहिले हिमालय एयर र नेपाल एयरलाइन्सबाट दुबइ उडान गर्ने यात्रुको पिसिआर गर्दै आएको छ।
अन्य ल्यावको रिपोर्टमा त्रुटि भेटिएको भन्दै केही महिना अघि काठमाडौं दुबइ उडान बन्द भएको थियो।
उडान बन्द भएको १० दिन भित्रमा दुबइको नागरिक उड्यन प्राधिकरणले क्रिस्टल डाइनोष्टिक छानेर पुन: उडान शुरु गरेको थियो।
सरकारबाट ए ग्रेड मान्यता पाएको सो ल्यावले अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिदैँ आइरहेको छ। अहिले विदेश जानेहरुको हकमा ए ग्रेडका ल्याव र सय बेड भएका सरकारी अस्पतालले पिसिआर गर्दै आइरहेका छन।
र्यापिड आरटी पिसिआर स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएपनि अहिले पर्यटन मन्त्रालयबाट पनि सहमति लिनु पर्ने प्रावधान छ। र्यापिड आरटी पिसिआर गर्ने ल्यावले विमानस्थलको पार्किङ क्षेत्रमा ल्याव संचालन गर्न पाउँछन।
विदेश जाने यात्रुको हकमा निजी ल्याव छनौट भएपछि केही सिमित अस्पतालहरुले त्यसलाई सच्याउन अहिले चलखेल गरिरहेका छन।
उनीहरुले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई भेटेर अस्पतालहरुलाइ मात्र र्यापिड आरटी पिसिआर गर्न दिन आग्रह गरेका छन।
पहिला पनि विदेश जानेको हकमा निजी अस्पतालहरुले अन्य ल्याव हटाएर आफूहरुलाई छनौट पार्न सफल भएका थिए।
पछि स्वास्थ्यमन्त्री नियुक्त हुने वित्तिकै ह्रदयेश त्रिपाठीले ए ग्रेडका ल्याव र सय बेड भएका अस्पतालहरुले पिसिआर गर्न पाउने निर्णय गरेका थिए।