निजी ल्यावहरुले युएइ जानेहरुसँग कोभिड पिसिआर गर्दा महँगो रुपैयाँ लिएको भन्दै सरकारले मूल्य निर्धारण गरिदिएको छ।
सरकारी अस्पतालहरुले प्रतिब्यक्ति १२ सय रुपैयाँमा पिसिआर गरिरहेको भन्दै सरकारले पनि त्यही मूल्यमा पिसिआर गर्न निजी ल्यावहरुलाई निर्देशन दिएको छ।
अहिले निजी ल्यावहरुले २ हजार रुपैयाँमा पिसिआर गर्दै आएका थिए।
सरकारले विशेष गरी विमानस्थलमा नै ल्याव राखेर पिसिआर गर्दै आइरहेका ८ वटा ल्यावहरुलाई पत्र नै पठाएर १२ सय रुपैयाँ कायम गर्न निर्देशन दिएको छ।
अहिले त्रिभुवन विमानस्थलमा स्टार अस्पताल, टिजी मेडिसिन,क्रिस्टल डाइग्नोष्टिक, अल्फा हेल्थ केयर, क्लिनिकल एण्ड मोलिकुलर जेनेटिक,कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक र विध ल्यावले ल्याव संचालनमा ल्याएर पिसिआर गर्दै आइरहेका छन।
केही दिन अघि पर्यटन मन्त्री प्रेम बहादुर आलेले विमानस्थल निरीक्षण गर्दा युएइ जानेहरुले पिसिआर सरकारी मूल्यभन्दा महँगो भएको गुनासो गरेका थिए।
'मन्त्री ज्युको निर्देशन भनेर हामीलाई आएको पत्रमा नयाँ मूल्य तोकेर आएको छ, ' एक ल्याव संचालकले भने।
उनका अनुसार नयाँ मूल्यले पिसिआर गर्न असम्भव छ। उनले मूल्य निर्धारण पुनरावलोकन गर्न पनि आग्रह गरेका छन।