जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले थप सुविधासहित आइभिएफ सेवा विस्तार गरेको हो। अत्याधुनिक ल्यावसहित अल्का अस्पतालले अल्का आइभिएफ सेन्टर संचालनमा ल्याएको हो।
'हामीले, बिशेषज्ञहरु भित्र्याएर अल्का आइभिएफ सेन्टर संचालनमा ल्याएका छौं,’ अस्पतालका अध्यक्ष कुमार थापाले भने, ‘कसरी हुन्छ सेवाग्राहीलाई सहज र सुलभ तरिकाबाट सेवा दिन हामीले थप सुविधा ल्याएका छौं। विभिन्न कारण सन्तान नभएकाहरुलाई सेवा दिन आधुनिक उपकरणले हामी सक्षम छौँ, अध्यक्ष थापाले भने।
नयाँ बिशेषज्ञहरुको टिमले अल्का आइभिएफ सेन्टरलाई थप उचाइँमा लैजाने उनले विश्वास ब्यक्त गरे। अल्का अस्पतालले सेवाग्राहीहरुलाई आइभिएफ सेवा शुलभ दरमा दिइने प्रतिबद्धता जनाएको छ।
मंसिर १ गतेदेखि विहान ८ बजेदेखि साँझ ८ बजेसम्म अस्पतालले आइभिएफ सेवा विस्तार गरेको छ।
अल्का आइभिएफ सेन्टरबाट टेष्ट ट्युब बेबीका साथै स्त्री रोग तथा प्रसुति सेवा पनि प्रदान गरिने अस्पतालले जनाएको छ।