छालाको हेरचाहका लागि बडीसपका बटर अत्यन्तै उपयोगी मानिन्छ। यसले छालालाई आवश्यक पर्ने पोषणलाई जोगाइ राख्न मद्दत गर्छ।
म्याङ्गो, स्ट्रबेरी, ब्रिटिस गुलाब, सत्सुमा, बदाम दूध, मोरिङ्गा, एभोकाडो, शिया, अर्गन, जैतुन आदि गरी १३ प्रकारका फ्लेबरमा बडीसपका बटरहरू उपलब्ध छन्। बडीसपका बटरहरू पर्याप्त फ्याटी एसिड र मोइस्चराइजिङ एक्सट्र्याक्टले युक्त हुन्छन्। जसका कारण भित्री र बाहिरी छालालाई एकदमै राम्रो लाभ दिने कम्पनी बताउँछ।
बडीसपले पर्यावरणीय संवेदनशीलतालाई ध्यान दिएको छ। बडीसपकै लागि दक्षिण अफ्रिकामा उत्कृष्ट जल व्यवस्थापन रणनीतिसहित एभोकाडोको खेती गरिएको छ। र, एभोकाडोको तेल निकालिन्छ।
उत्तरी घानाका ११ वटा गाउँका ६०० बढी महिलाहरूको समूह ‘टुंगतइेया महिला एसोसिएसन’ ले शिया बटर बनाउँछ।
जसले त्यहाँका महिलाहरूको व्यवस्था, सम्मान र आर्थिक स्वतन्त्रतालाई ध्यान दिन्छ। साथै, परम्परालाई समेत बचाई राख्न सहयोग गर्छ।
यो पुन: प्रयोग गर्न मिल्ने गरी प्याकेजिङ गरिने हुनाले वातावरणमैत्री पनि छ। बडीसपले कम्युनिटी फेयर ट्रेडको पार्टनरसिपमा ‘प्लास्टिक फर चेन्ज’ नामक अभियान चलाउँछ।
यसले प्लास्टिक खपत कम गराउने मात्रै होइन, प्लास्टिक टिप्ने मानिसहरूलाई उचित ज्याला र सुरक्षित रोजगार दिदैँ आएको कम्पनीको भनाइ छ। बडीसपको यस्तो कदमले प्रत्येक वर्ष भर्जिन प्लास्टिक खपतमा २४१ टनले घटाउन मद्दत गर्छ।
यी बटरहरू द भिगन सोसाइटी मान्यताप्राप्त हुन्। ९५ प्रतिशत प्राकृतिक सामग्रीबाट बनेका यी बटरहरूले छालालाई ९६ घन्टासम्म सुख्खापनबाट जोगाई राख्दछ।
एक सर्वेक्षणअनुसार बडीसपका ९० प्रतिशत प्रयोगकर्ताहरूले बटरको प्रयोगले उनीहरूको छालामा राम्रो परिवर्तन ल्याएको बताएका छन्।
८६ प्रतिशत प्रयोगकर्ताले यस बटरको प्रयोगपछि आफ्नो छाला अझ राम्रो र आकर्षक भएको खुलासा गरेको कम्पनीको दाबी छ।
१९९२ मा पहिलो पटक बडीसपले बडी बटरलाई विश्वमा पुर्याएको थियो। हाल विश्वमा हरेक ३ सेकेन्डमा एउटा बडी बटर बिक्री हुने कम्पनीको भनाइ छ।