क्रिष्टल डाइनोष्टिक ल्यावले ५ मिनेटमा नै कोभिड भए नभएको पत्ता लगाउने र्यापिड पिसिआर मेसिन भित्र्याएको छ।
अमेरिकन कम्पनी एबोर्टको पछिल्लो संस्करणको मेसिन आफ्नो ल्यावले भित्र्याएको ल्यावका चिफ कन्सल्ट्यान्ट डाक्टर मुकुन्दा शर्माले जानकारी दिइन।
यो दुबइ नागरिक उड्यन प्राधिकरणले नेपालमा तोकेको मापदण्डको र्यापिड पिसिआर मेसिन हो।
यो मेसिन अमेरिका,युरोप, युएइलगायतका देशका विमानस्थलमा पनि प्रयोगमा छ। पोजेटिभ पत्ता लगाउन ५ मिनेट र नेगेटिभ पत्ता लगाउन यस मेसिनले १३ मिनेटको समय लगाउँछ, ल्यावका चिफ कन्सल्ट्यान्ट डाक्टर शर्माले भनिन।
नेपालमा अहिले दुबइ जाने यात्रुलाई त्रिभुवन विमानस्थलबाट र्यापिड पिसिआर गरेर जानु पर्ने अवस्था छ। सिनामंगलमा मुख्य कार्यालय रहेको क्रिष्टल डाइनोष्टिक ल्यावको विमानस्थलमा पनि ल्याव छ।
कन्सल्ट्यान्ट प्याथोलोजी डाक्टर महेश सुवेदीका अनुसार नयाँ मेसिन विमानस्थलको ल्यावमा राखेर काम गरिन्छ।
नेपालमा ल्याइएको यो मेसिनले ५ मिनेटमा रिपोर्ट दिने हुदाँ यात्रुहरु ६ घण्टाअघि विमानस्थल पुग्नु पर्ने बाध्यता हट्ने क्रिष्टल ल्यावको भनाइ छ।
यो मेसिनको एक पटकमा ३५ जनाको रिपोर्ट पत्ता लगाउने क्षमता रहेको ल्यावका माइक्रोबायोलोजिष्ट विष्णु ज्ञवालीले बताए।
हामीले ल्याएको यो मेसिन हालसम्म नेपालका कुनै अस्पताल र ल्यावसँग नभएको ल्यावका प्रबन्ध निर्देशक रविन्द्र केसीले जानकारी दिए।
क्रिष्टल डाइग्नोष्टिकको एक वर्षे यात्रामा १ लाखभन्दा बढी पिसिआर र ५० हजारलाई प्याथोलोजी सेवा दिइसकेको छ।
क्रिष्टल डाइग्नोष्टिक ल्याव दुबइ नागरिक उड्यन प्राधिकरणले नेपालमा र्यापिड पिसिआरका लागि अनुमति दिएको पहिलो ल्याव समेत हो।
क्रिष्टल डाइग्नोष्टिक ल्याव र्यापिड पिसिआर गरेर दुबइ यात्रु उडाउने पहिलो ल्याव समेत बनेको थियो। अमेरिकन र युरोपियन टेक्नोलोजीबाट बनाइएको सो ल्यावमा अत्याधुनिक स्तरको मेसिनहरु जडान गरिएको छ।
क्रिष्टल ल्याव नेपाल सरकारबाट विशिष्ट श्रेणीको दर्जा पाएको ल्याव हो। क्रिष्टलले शुलभ दरमा अन्तर्राष्ट्रिय स्तरको सेवा दिइरहेको छ।