मिदास टेक्नोलोजीले वी.पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानको सेवा डिजिटलाइज गरेको छ। साथै अनलाइन टिकट सेवा सुरु गरेको छ। अब प्रदेश १ र २ का बिरामीहरूले बिहानैदेखि लाइनमा बसेर पाउने सास्तीबाट छुटकारा पाउनेमा मिदास टेक्नोलोजी विश्वत छ।
यो सेवा पूर्वाञ्ञल स्वास्थ्य छेत्र अन्र्तगतमा पहिलो पटक मिदास टेक्नोलोजी सफ्टवेर मार्फत सुरु गरिएको छ।
बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुनेहुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्ने तथा समयको बचत हुने बताइएको छ।
विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।
उक्त सेवा हाललाई टिचिङ अस्पताल, बिर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियोसँगै मिदास टेक्नोलोजीले उपलब्ध गराएको हो।
सफ्टवेर प्रयोगकर्तामाझ अन्य सरकारी तथा निजी अस्पतालहरुले दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएका हुन्।