ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले संचालित अल्का आइभिएफ एण्ड फर्टिलिटी सेन्टरमा दुई जना विशेषज्ञहरुले सेवा सुरु गरेका छन।
आइभिएफ विशेषज्ञद्धय डा.स्वेता सिंह र डा. नेहा हुमागाइँले सेवा शुरु गरेका हुन।उनीहरु दुबै जना आइभिएफ सम्बन्धी विशेषज्ञ हुन।
केयुबाट एमबिबिएस र एमडी गरेकी गुमागाइँले चेन्नइबाट आइभिएफ र ल्याव्रोस्कोपीमा फेलोसिप गरेकी हुन।
उनीसँग राजधानीका विभिन्न अस्पतालहरुसँग काम गरेको अनुभव छ।
केयुबाट एमबिबिएस र एमडी गरेकी डाक्टर सिंहले दिल्लीबाट इनफर्टिलिटीमा फेलोसिप गरेकी छन।
अल्काअस्पतालले स्तरोन्नितसँगै अल्काआइभिएफ सेवा सुरु गरेको छ। सुलभ दरमा अल्काअस्पतालले अन्र्तराष्ट्रिय स्तरको सेवा दिइरहेको अस्पतालको दावी छ।