सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले शुक्रबार बबरमहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
काठमाडौं महानगरपालिका ११ नं. वडा कार्यालय र थापाथली जनकल्याण परिवारसँग सहकार्य गरेर केएमसीले शिविर सञ्चालन गरेको हो।
शिविरमा ९५५ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका प्रबन्धक नारायण दाहालले जानकारी दिए।
उनका अनुसार १८९ जनाको ल्याब टेष्ट, १७३ जनाको भिडियो एक्सरे र ११३ जनाको इसिजी गरिएको छ। त्यस्तै, दाँतमा समस्या भएर शिविरमा आएका ३६ जनाको दाँत उखेलिएको छ।
शिविरमा उपचार सम्भव नभएका ५३ जना बिरामीलाई अप्रेसनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ। केएमसीले पछिल्लो समय विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।