नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
उक्त समापन कार्यक्रममा सञ्चालक समितिका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठको सभापतित्व रहेको थियो भने समितिका सदस्य महेश्वर श्रेष्ठले अस्पतालको आर्थिक वर्ष २०७७-७८ को प्रतिवेदन प्रस्तुत गरे।
नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले विदेशमा उपल्ब्ध हुने अत्याधुनिक प्रविधिहरूलाई नेपालमा भित्राउँदै छ। नेपाली जनताको आर्थिक पहुँच भित्र रही यसले गुणस्तरीय क्यान्सर सेवाहरू जस्तै रेडिओ थेरापी, किमो थेरापी, टार्गेटेद थेरापी र इमिनो थेरापी जस्ता सेवा उपल्ब्ध गराउँदै छ।
अस्पताल सञ्चालक समितिका अनुसार अस्पतालले भविष्यमा आफ्नो सेवाहरू थप विस्तार गर्नेछ।