डिजिटल भुक्तानी संस्था ‘भिसा’ र चिकित्सक-अस्पताल खोज्ने एप ‘वैदम’सँग साझेदारी भएको छ।
नेपालका नागरिकहरूलाई पनि भारतका अस्पतालहरूमा सहजै पहुँच पुर्याउन भिसाले वैदमसँग साझेदारी गरेको हो।
भिसाका बंगलादेश, नेपाल र भुटानका क्षेत्रीय प्रबन्धक सौम्या बासु साझेदारी पछि चिकित्सा सुविधा खोज्नु र प्रक्रिया छनौट गर्न सहज हुने बताए।
‘विदेशमा चिकित्सा सुविधा खोज्नु र प्रक्रिया छनौट गर्नु प्रायः जटिल र चुनौतीपूर्ण हुनसक्छ। नेपाली नागरिकहरूलाई भारतमा आरामदायी अस्पतालहरूमा व्यापक पहुँचका साथै चिकित्सा उपचार खोज्न सजिलो बनाउन वैदमसँग साझेदारी गरेका हौं,’ उनले भने।
उनले थपे, ‘चिकित्सा सेवा खोज्नेहरूलाई र भारतका केही उत्कृष्ट अस्पतालहरूमा भुक्तान गर्न भिसा कार्डमार्फत् गर्दा छुट दिएर फाइदा र सुविधा प्रदान गर्न सक्षम भएकोमा हामी कृतज्ञ छौं।’
वैदमको एप नेपाल, बंगलादेश लगायत धेरै देशबाट प्रयोग गरी स्वास्थ्य सेवा खोज्न सकिन्छ। यसले भारतका एक सय अस्पतालहरूमा गम्भीर रोगको उपचारको लागि चिकित्सा हेरचाह र विशेषज्ञ सेवाहरू खोज्न सजिलो बनाउँछ।
वैदमले बिरामीहरूलाई आवश्यक कागजपत्र मिलाउन र उनीहरू भारत पुगेपछि आवश्यक व्यवस्था उपलब्ध गराउन पनि मद्दत गर्छ।
यो साझेदारी पछि भिसा कार्ड प्रयोगकर्ताले भारतमा वैदम प्रयोग गरी १० प्रतिशतसम्म छुट पाउन सक्छन्।
भिसा र वैदमबीचको यो साझेदारीले भारतमा यात्रा गर्ने र चिकित्सा सुविधा खोज्ने हजारौं बिरामीहरूको भुक्तानी प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ।
तर यो अफर सन् २०२२ डिसेम्बर १९ सम्म मान्य हुनेछ।