नर्भिक इन्टरनेसनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ गते शनिबार बृहत् नि:शुल्क स्वास्थ्य शिविर गर्ने भएको छ।
वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले आगामी शनिबार बिहान १० देखि ४ बजेसम्म बिरामीहरूको बाँझोपन तथा स्त्री रोगसम्बन्धमा नि:शुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श एवम् उपचार गर्ने अस्पतालले जनाएको छ।
नेपाली समाजमा बाँझोपनको समस्या विकराल बन्दै गइरहेका बेला गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई अभिवृद्वि गर्ने उद्देश्यले एकदिने नि:शुल्क स्वास्थ्य शिविर गर्न लागिएको नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए।
शिविरमा नि:शुल्क स्वास्थ्य परीक्षण र परामर्शका साथै टिभिएसमा २० प्रतिशत छुट तथा ल्याब परीक्षणमा १० प्रतिशत छुटको अफर समेत ल्याइएको सिइओ मिश्राले बताए।
शिविरमा सहभागी भएका बिरामीको परीक्षणमा शल्यक्रिया गर्नुपर्ने भए स्त्री रोगसम्बन्धी ल्याप्रोस्कोपिक सर्जरीमा बिरामीलाई अपरेसन शुल्कको २० प्रतिशतसम्म छुट दिइने अस्पतालले जनाएको छ।
नर्भिक अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष पर्व, उत्सव तथा दिनहरूमा स्वास्थ्य जाच लगायतका सेवाहरूमा छुटको अफर यसअघिदेखि नै सार्वजनिक गर्दै आएको छ।
यस्तै, नर्भिकले विगत लामो समयदेखि प्रत्येक शनिबार कुनै विशेषज्ञ चिकिसत्क नेतृत्वको टिमलाई परिचालन गरी निःशुल्क ओपिडी अभियान समेत सञ्चालन गर्दै आएको छ।