ग्राण्डी इन्टरनेसनल अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नेको संख्या एक सय पुगेको छ।
२०१६ जुलाई १२ देखि मिर्गौला प्रत्यारोपण सुरू भएकोमा अहिलेसम्म १ सय ३ जनामा मिर्गौला प्रत्यारोपण गरिएको ग्राण्डी अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन प्राध्यापक डाकटर प्रेमराज ज्ञवालीले जानकारी दिए।
तीमध्ये २ जनामा दोस्रोपटक प्रत्यारोपण गरिएको ज्ञवालीले बताए।
मिर्गौला दान गर्नेमा ७९ प्रतिशत महिला छन् भने ३१ प्रतिशत पुरूष रहेको अस्पतालले जनाएको छ।
प्रत्यारोपण भएका बिरामीमध्ये ५ जनाको मृत्यु भएको अस्पतालले बताएको छ।
२ जनाको मिर्गौला प्रत्यारोपण भएको ४ महिनामा निमोनियाको कारण मृत्यु भएको थियो भने २ जनाको ४ महिनापछि निमोनियाका कारण मृत्यु भएको मिर्गौला प्रत्यारोपण सर्जन प्राध्यापक डाक्टर ज्ञवालीले बताए।
१ जनाको मिर्गौला प्रत्यारोपण गरेको १० दिनमा हृदयघातको कारण मृत्यु भएको उनले बताए।