तीन दशकदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलले छैठौं शाखामार्फत् काठमाडौंको बसुन्धारमा शनिबारदेखि सेवा सुरू गरेको छ।
बसुन्धारा शाखाको काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्कीले शनिबार उद्घाटन गरेकी हुन्।
समाज डेण्टल हस्पिटलका प्रमुख शंकु घिमिरिले छैठौं शाखामार्फत बसुन्धरा क्षेत्रमा सेवा विस्तार गर्न पाउँदा खुसी लागेको बताए।
शुलभ सेवा शुल्कमा गुणस्तरिय दन्तसेवा दिने उद्धेश्यका सात नयाँ शाखा विस्तार गरिएको र दक्ष र अनुभवी चिकित्सकको टिमबाट यस क्षेत्रमा बासिन्दाले गुणस्तरीय दन्त सेवा पाउने घिमिरेको भनाइ थियो।
बसुन्धरामा सेवा सुरू भएको अवसरमा पहिलो महिनाभर सबै दन्त सेवामा २० प्रतिशत छुटको सुविधामा दिएको समाज डेण्टल
हस्पिटलका निर्देशक सविन घिमिरेले जानकारी दिए। छुट सुविधाले सेवाग्राहीलाई थप लाभ पुग्ने घिमिरेको विश्वास छ।
समाज डेण्टल हस्पिटलले यसअघि पाँच वटा शाखामार्फत् सेवा दिइरहेको छ।