हेल्थ एट होम मेडप्रो इन्टरनेशनलले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरू गरेको छ।
यसअघि घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको हेल्थहोमले घरमै रेडियोलोजी सेवा दिन समेत सुरू गरेको हो। आफ्नो ओछ्यानमै रेडियोलोजी सेवा चाहिने बिरामीहरूलाई लक्षित गर्दै कम्पनीले यो सेवाको सुरूवात गरेको बताएको छ।
घरमा स्वास्थ्यको रेडियोलोजी विभागले अल्ट्रासाउण्ड र इकोकार्डियोग्राफि सेवा प्रदान गर्ने भएको हो।
होमले निकट भविष्यमा एस्सरे र अन्य विभिन्न रेडियोलोजी सेवा समेत थप्ने लक्ष्य राखेको बताएको छ।
यो सेवाको उद्घाटन त्रिवि शिक्षण अस्पतालका भूतपूर्व एचओडी प्रा.डा. रामकुमार घिमिरे र मेडिसिटी अस्पतालका वर्तमान प्रमुख डा. रामकुमार घिमिरेले गरेका हुन्।
विभागको नृतृत्व डा. प्रदीपराज रेग्मी र डा. उज्जल भट्टराईले गरेका छन्।
सेवा उद्घाटनका क्रममा डा. घिमिरेले यो सेवा समुदायमा अति आवश्यक परेकाले बिरामीको हेरचाहको लागि निकै सहयोगी रहेको बताए।
यस्तै प्रमुख रेडियोलोजी विभागका डा. प्रदिपराज रग्मीले हेल्थ एट होमले सेवाका रूपमा विस्तारामा बाँधिएका र उचित रेडियोलोजी सेवा बिना समुदायमा रहेका बिरामीहरूलाई ठूलो मद्धत पुग्ने बताए।
यसैगरी, हेल्थ एट होमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. विशाल ढकालले नयाँ सेवा विभाग थपिएपछि मात्रै समुदायमा बिरामीको हेरचाह गर्ने प्रतिबद्धता अझ बलियो भएको बताए।
१२ वर्षअगाडि ढकालले स्थापना गरेका उक्त होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ। हाल हेल्थ एट होममार्फत करिब एक लाखभन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन्।