राजधानीमा बढ्दो डेंगु संक्रणलाई मध्यजनर गर्दै एभरेस्ट अस्पतालले सर्वसुलभ जनरल वार्ड सञ्चालनमा ल्याएको छ। जनर वार्डमा विशेषज्ञ सहितको चौबिस घण्टे सेवा उपलब्ध रहेको अस्पतालका निर्देशक तथा प्रशासकीय प्रमुख दीपकचन्द्र बरालले बताए। ‘‘सर्वसाधारणलाई उपचारमा आर्थिक समस्या नहोस् भनेर हामीले जनरल वार्ड सञ्चालनमा ल्याएका हौँ,’ बरालले भने,‘ यहाँ अति न्युन शुल्कमा बिरामीले उपचार प्राप्त गर्न सक्नुहुन्छ। आर्थिक अवस्था कमजोर भएकालाई उपचारमा थप सहुलियत तथा अति विपन्नलाई निशुल्क उपचार पनि गर्छौँ । उपचार नपाएर कोही मर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो।’’
एभरेस्ट अस्पतालमा परीक्षणका लागि आएकामध्ये ६० प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको निर्देशक बरालले बताए।१ हजार ६० जनाले परिक्षण गराएकोमा ८ सय २३ मा डेंगु देखिएको उनले बताए।