सेती प्रादेशिक अस्पतालमा सिटी-स्क्यान सेवा सुरू भएको छ।
धनगढीस्थित प्रादेशिक अस्पतालमा बुधबारदेखि सेवा सञ्चालनमा आएको हो।
यसअघि नयाँ भवन निर्माण समयमै नसकिएकाले सिटी-स्क्यान जडान गर्न ढिलाइ भएको थियो।
उपकरण जडान र परीक्षण कार्य सकेर बुधबारदेखि नै बिरामीले सेवा लिन थालेका छन्।
सेतीमा सिटी-स्क्यान सेवा सुरू भएपछि भारत वा निजी अस्पतालमा महंगो शुल्क तिर्नुपर्ने बाध्यता हट्ने अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए।
अस्पतालमा गत जेठको अन्तिम साता सिटी-स्क्यान उपकरण ल्याइएको थियो।
जडान गर्न, परीक्षण गर्न र उकरण चलाउने नयाँ जनशक्ति भर्ना प्रकियामा समय लागेको अस्पतालले जनाएको छ।