नेपालकै सबैभन्दा जेठो र सुविधा सम्पन्न नेपाल आँखा अस्पतालले मोतिविन्दुको अपरेसनका लागि अप्टिकल बायोमिटर भित्र्याएको छ।
आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा उसले जापानको निडेक कम्पनीको एएल स्क्यान मोडलको बायोमिटर ल्याएको हो। सो मेसिन मोतिविन्दुको अपरेशन गर्दा आँखा भित्र राखिन्छ र इन्ट्राकुलर लेन्सको सही रुपमा पावर क्याल्कुलेसन हुने अस्पतालले जनाएको छ।
मेसिनले १० सेकेन्डभित्र आँखामा ६ प्रकारका समस्या मापन गर्दछ। जसअन्तर्गत Axial Length, Corneal Curvature Radius, Anterior Chamber Depth, Central Corneal Thickness, Corneal Diopter र Pupil Size पर्दछन्।
यस मेशिनको अर्को विशेषता भनेको इन्फ्रारेड लेजरको माध्यमबाट Principal of Partial Coherence Interferometry (PCI)गर्ने भएकोले Intraocular Len Power Calculation Highly Accurate हुनुको साथै उपचारमा स्तरीयता सरल र सहजता हुने कुरा अस्पतालका कार्यकारी प्रमुख दमन बहादुर घलेले बताए।