सामन्य घाउ चोट वा रोगका लक्षण देखिएमा अस्पताल जाने अथवा कहाँ जाने के गर्ने भनेर आत्तिने गर्नुभएको छ? यदि यसो हो भने तपाईको सहयोगी अब मोबाइल एप्लीकेशन बन्ने छ।
नेपाल रेडक्रस सोसाइटीले यस्तै एप निर्माण गरेको छ जसले प्राथमिक उपचारको बारेमा जानकारी, तयारी, होसियारी र उपचारको बारेमा जानकारी दिने छ। रेडक्रसले बनाएको उक्त एप कलाकार मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले शुभराम्भ गरेका थिए।
“घर–घरमा प्राथमिक उपचारक” भन्ने अभियानलाई सफल पार्न तथा प्राथमिक उपचारको ज्ञान सीपलाई विश्वभर रहेका नेपाली भाषीहरूको घर–घरमा पुर्याउने उद्देश्यले अमेरिकन रेडक्रसको सहकार्यमा नेपाली भाषामा एप्लिकेशन तयार गरिएको नेपाल रेडक्रसले जानकारी दिएको
छ।
यसरी लिन सकिन्छ यो एपबाट सहयोगपहिलो क्षेत्र सिक्नुहोसः एलर्जी÷एनाफिलाक्सिस् सक्,दमको असर, रक्तस्राव, हाँड भाँचिएको, पोलाइ, मधुमेहको समस्या, अड्कनु, डिस्टे«स÷तनाव, हृदघात, गर्मीको थकान, टाउकाको चोट, कठयाङ्गग्रिनु÷हाइपोथर्मिया, विष तथा हानिकारक पर्दाथ, कम्पन÷छारेरोग, क्षोभ, मेनिन्जाइटिस, मनावैज्ञानिक प्राथमिक उपचार, डसेको टोकेको घाउ, मर्कनु÷खुस्कनु, मस्तिष्सघात÷स्ट्रोक बेहोस तथा सास फेरिरहेको र बहोस तर सास नफेरिरहेको २२ वटा विषयहरू रहेको छ ।
दोस्रो क्षेत्रःतयारी गर्ने विपद्को बेला आकस्मिक तयारी अन्त्तर्गत रासायनिक संकट, सुख्खापन, भूकम्प, आपतकालिन बाकस, दैनिक संकट, आगलागि, बाढी, फलु माहामारी, खाध्य सुरक्षा, तातो हावा, सामुन्द्रिक आँधी÷तुफान, पहिरो, विधुतीयअबरोध, घरपालुवा तयारी, आँधी, सुनामी, ज्वालामुखी, जल सुरक्षा, डढेलो, जाडो मौसम (गम्भीर) गरी २० वटा विषयहरू रहेको छ ।
तेस्रो क्षेत्र तत्काल आपत्तकालिन प्राथमिक उपचारः एलर्जी एनाफिलाक्सिस् सक्, दमको असर, रक्तस्राव जस्ता २२ वटाहरू रहेको छ ।
चौथो क्षेत्रमा परिक्षाहरूः रहेको छ जसमा रक्तस्राव, हृदयघात, पोलाइ, अड्कनु, बेहोस तर सास फेरिरहेको, विपद्को तयारी गर्ने सम्बन्धी विषयमा स्वयममूल्याङ्कनगरिने विषयहरू रहेको छ ।
पाँचौ अधिकः क्षेत्र रहेको छ जसमा विदेशमा भएको बेला आकस्मिक अवस्था पस्यो भने के गर्ने, नेपाल रेडक्रस बारेमा, नेपाल रेडक्रसलाई डानेसन तथा चन्दा दिन, प्राथमिक उपचार प्रशिक्षणबारे, रक्तदानबारे, सफलता तथा अनुभवहरूको कथा सुनाउने, स्वयम सेवा बारेमा, एप्लिकेशनलाई आदान प्रदान गर्ने र नेपाल रेडक्रसको वेभ साइडमा सम्पर्क गर्ने विषयहरु समाबेश गरिएको छ ।
यो एप्लिकेशन डाउनलोड गर्न तपाईसँग एन्ड्रोइड मोवाइल वा डिभाइस छ भने
प्लेस्टोर र आइ.ओ.एस मोवाइलवा डिभाइस छ भने एप्पल स्टोरमा गई prathamik upachar nepal red cross टाईप गरी खोज्नुपर्छ। त्यसपछि आउने एपलाई डाउनलोड गर्नुपर्छ।