कपाल रुखो हुँदा नराम्रो त देखिन्छ नै, झर्ने सम्भावना पनि अत्यधिक हुन्छ। रुखो र सुख्खा कपाल कोर्न समस्या हुनुका साथै फोहोरी पनि देखिन्छ।
तर, यस्तो कपाल सुन्दर बनाउन धेरै पैसा खर्च गरेर पार्लर धाइरहन पर्दैन। घरमै भएका सामानहरुको प्रयोग गरेर रुखो कपाललाई चम्किलो र नरम बनाउन सकिन्छ।
१. दूधः एउटा कचौरामा नउमालेको दूध लिने र रुवाको सहायताले कपालको जरामा लगाएर १ घण्टा पछि धुने।
२. तीलको तेलः तीलको तेलमा कागतिको रस मिसाएर तालुमा लगाउने र आधा घण्टासम्म राख्ने। त्यसपछि तातो पानीमा तौलिया भिजाएर कपालमा मोड्ने र आधा घण्टापछि कपाल धुने।
३. कोकोआ पाउडरः दहीमा मह, भिनेगर, कोकोआ पाउडर मिसाएर तालुमा लगाइ र क्याप लगाउने। केही समयपछि कपाल पखाल्ने।
४. चिनी पानीः कपाल झर्ने समस्या भए पानीमा एक चम्चा चिनी मिसाएर कपालमा स्प्रे गरे जसरी लगाउने। सुकेपछि पानीले पखाल्ने।
५. कालो चियाः हप्तामा एकपटक कालो चिया बनाएर कपालमा आधा घण्टा राख्ने र धुने। यसले कपाल चम्किलो बनाउँछ।
(एजेन्सीहरूको सहयोगमा)