एभरेष्ट लिंकले उच्च हिमाली भेगमा पदयात्रा गर्दा आइपर्ने बिपतलाई जोखिमबाट जोगाउन हेल्लो डाक्टरको सेवा सुरु गर्ने भएको छ ।बिगत तीन बर्षदेखि सगरमाथा क्षेत्रमा इन्टरनेट सेवा दि“दै आएको एभरेष्ट लिंकले यही पर्यटकीय सिजनबाट तीन वटा अस्पतालस“ग मिलेर पयदयात्रा तथा आरोहण दलमा गएकाहरु उच्च हिमाली भेगमा जोखिम पर्दा हेल्लो डाक्टर सेवा शुरु गर्ने भएको छ ।
राजधानीको ग्रीनसिटी, स्वाकोर्न र सोलुखुमबुस्थित खुन्दे अस्पतालस“ग मिलेर हेल्लो डाक्टर सेवा सञ्चालन लागिएको हो । एभरेष्ट लिंकले सगरमाथा क्षेत्रमा सन् २०१४ बाट आधिकारीक सेवा दिन थालेको हो । उक्त क्षेत्रमा जाने पर्यटकहर तथा पर्बतारोहीहरुले उच्च गतिको इन्टरनेट सुबिधा लिइरहेका कम्पनीले जानकारी दिएको छ।
लुक्ला,फाक्दिङ,मन्जो, जोरसल्ले,नाम्चेबजार, खुम्जुङ खुन्दे,थामे, डोले, मर्छेमो, गोक्यो, तेङबोचे,पाङबोचे,दिङबोचे,फेरिचे,लोबुचे, गोरक्सेप, कालापत्थर र सगरमाथा आधार शिबिरमा एभरेष्ट लिंकले सेवा प्रदान गरिरहेको छ। दिङबोचेबाट माथिल्लो भेगमा नेपाल टेलिकम,एनसेलको नेटवर्कले काम गर्दैन र एभरेष्ट लिंकबाट इन्टरनेट सेवा भने सबैतीर लिन सकिने एभरेष्ट लिंकका मिडिया कन्सलट्यान्ट चक्र कार्कीले जानकारी दिए।