भारतको नयाँ दिल्लीमा रहेको अपोलो अस्पताललले नेपाली नागरिकमाथि लगाउँदै आएको अतिरिक्त शुल्क हटाएको छ। विदेशी नागरिकलाई भारतीय नागरिकको तुलनामा लिइँदै आएको अतिरिक्त शुल्क हटाइएको अस्पतालका प्रमुख संचालन अधिकृत(सिओओ) गगन सेहगलले जानकारी दिए।
यसअघि अन्य देशका नागरिकको तुलनामा २० प्रतिशत कम र भारतीय नागरिकको तुलनामा १० प्रतिशत बढी शुल्क लिइदै आएको थियो। तर अब उक्त अस्पतालमा नेपाली नागरिकले भारतीयकै सरह शुल्कमा उपचार गराउन पाउने भएका छन्।
उक्त अस्पतालमा उपचारको लागि जाने नेपालीहरुको संख्या बढेको र भारत–नेपाल बीच घनिष्ठ सम्बन्ध भएकोले अस्पताले भारतीय नागरिक सरह शुल्क लिने र अन्य सुविधामा अझै सहुलित दिने नीति लिएको सेहगलले जानकारी दिए।
न्यूरो लगायतका अन्य जटिर शल्याक्रिया र सामन्य चेकअपको लागि वार्षिक ३ हजारको संख्यामा नेपालीहरु अपलो अस्पतालमा पुग्ने गरेको उनले जानकारी दिए।
नेपालमा रहेको सुचना केन्द्रमा सम्पर्क गरेर नेपाली भएको कुनै पनि परिचयपत्रको आधारमा भाारतीय सरहकै शुल्कमा नेपालीहरुले उपचार सुविधा पाउने नेपालस्थित सुचना केन्द्रका प्रमुख डा हरिश जोशीले जानकारी दिए।
नेपालमा परीक्षण गरेको रिपोर्ट उक्त केन्द्रमा देखाएर अपोलोका विशेषज्ञ डाक्टरको सल्लाहमा उपचारको लागि गएमा अस्पतालले एयरपोर्टबाट अस्पताल र अस्पतालबाट एयरपोर्टसम्म लिने ल्याउने सुविधा पनि दिने जोशीले जानकारी दिए।
अन्तर्राष्ट्रिय स्तरको उपचार पद्धति अपनाएको अस्पतालमा सेवा सुविधा लिनको लागि नेपालमा रहेको सुचना केन्द्रमा सम्पर्क गर्न सकिने उनले जनाए।
नेपाली नागरिकहरुलाई अस्पतालले अन्य सुविधा पनि दिएको जो भारतीय नागरिकले पनि नपाउने सेहगलले बताए। नेपालीहरुलाई अस्पतालमा दर्ता शुल्क मिनाह गरिएको उनले जानकारी दिए। भारतीय नागरिकले दर्ताको लागि ३ सय रुपैयाँ तिर्नुपर्ने भएपनि नेपालीहरुलाई उक्त शुल्क नलाग्ने उनको भनाइ छ।