नेश्नल हार्ट फाउण्डेशन नेपालले विश्व मुटु दिवस २०१७ को अवसर पारेर आज एक दिवसीय अन्र्तरक्रिय तथा वाकाथन आयोजना गरेको छ ।
शुक्रबार ललितपुरको कुमारीपाटीस्थित् फोउण्डेशनको मुख्य कार्यालयबाट वाकाथान सुरु भएको थियो । फाउण्डेशनका अध्यक्ष एवम् बरिष्ठ मुटु रोग विशेषज्ञ डा. शिवजी विक्रम सिलवालको नेतृत्वमा उक्त वाकाथानको आयोजना गरिएको सहभागी एक नर्सले जानकरी दिईन् । उक्त वाकाथान कुमारीपाटी, जावालाखेल, झम्सिखेल हुँदै कुपण्डोलस्थित् होटेल समिटमा आएर सम्पन्न भएको थियो ।
त्यस्तै फाउण्डेशनले मुटुरोगको बारेमा विशेष अन्तरक्रिया कार्यक्रम समेत गरेको छ । अन्तरक्रियामा डा. सिलवालले मुटुरोगका कारण, असर र बच्ने उपायबारे प्रकाश पारेका थिए । उनले हृदयघात (हार्ट अट्याक) अहिले प्रायः युवा अवस्थामा पनि देखिन थालेकोले यसबारेमा देशव्यापी सचेतना फैलाउनुपर्नेमा जोड दिए ।
डा. सिलवालका अनुसार यस्ता खाले सचेतना कार्यक्रमहरुलाई आगामी दिनमा गाउँसम्म पुर्याउनुपर्नेछ ।
कार्यक्रममा रोटरी क्ल्ब अफ पाटनका पूर्व अध्यक्ष विजय मल्लपतिले पनि मुटुरोगबाट बच्न नियमित शारिरिक व्यायाम र खानपीनमा ध्यान दिनुपर्ने धारणा राखे ।
वाकाथानमा नर्भिक अन्र्तराष्ट्रिय अस्पतालको सिसियुमा कार्यरत चिकित्सक तथा नर्सहरुको र फाउण्डेश्नका सदस्यहरुको बाक्लो उपस्थिति थियो ।
त्यस्तै गोदावरीका समाजसेवी पुस्कर आचार्यले आफ्नो धारणा राखेका थिए । फाउण्डेशनले विश्व मुटु दिवसको अवसरमा हरेक वर्ष यस्तै कार्यक्रम आयोजना गर्दै आएको छ ।