नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले सबै प्रकारका इन्धनको मूल्य बृद्धि गरेको प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए।
पेट्रोलमा २, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासको सिलिन्डरमा २५ रुपैयाँले मूल्य बढाएको छ।
गोइतका अनुसार खाना पकाउने ग्यासकोको मूल्य एक सिलिन्डरको १३ सय ५०, पेट्रोल लिटरको एक सय, डिजेल र मट्टितेलको मूल्य ७५ रुपैयाँ ५० पैसा पुर्याइएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलमा लिटरमा ५ रुपैयाँ ५० पैसा र मट्टितेल मा १६ रुपैयाँ २ पैसा, डिजेलमा ७५ पैसा र ग्यासमा प्रति सिलिन्डर २सय १५ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।