तथ्यांक प्रसाेधनकाे क्षेत्रमा काम गर्ने विकास उद्यमी नेपालको विकास क्षेत्रका विभिन्न पक्षहरूलाई समेट्ने भिडियोहरू सार्वजनिक गरेको छ । उपलब्ध डाटा र तथ्यांकहरूको माध्यमबाट कसरी साक्षरता र नीति निर्माणमा प्रयोग गर्न सकिन्छ भन्ने विषयवस्तु समेटिएका भिडियोहरु प्रदर्शन गरिएके छ।
'नेपाल इन डाटा इभिनिङ' नामक एक कार्यक्रम आयोजना गरी ति भिडियोहरू सार्वजनिक गरिएको हो । कार्यक्रममा वक्ताहरूले नेपालमा डाटा साक्षरताको महत्वको बारेमा बोल्दै प्रविधिको प्रयोग मार्फत साक्षरता फैलाउनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा देखाइएका भिडियोहरूले नेपालको समकालीन मुद्धाहरू जस्तै गरिबी र असमानता, जनसांखिकिय लाभांस, सचेतकको रूपमा मिडिया, उर्जा, उत्पादन, महिला हिंसा, जलवायु परिवर्तनको असर जस्ता विषयहरू समेटेका छन् ।
नेपाल इन डाटा अभियान अन्तर्गत विकास उद्यमीले
www.nepalindata.com नामको वेबसाट संचालन गरिरहेको छ जसले नेपालमा उपलब्ध भएका डाटाहरूको प्रयोग र पँहुच बढाउनको लागि पहल गरिरहेको छ । नियमित रूपमा इन्फोग्राफिक्स, समाचार र डाटासेटहरू प्रकाशित गर्दै डाटा साक्षरतामा सुधार गर्ने लक्ष यसले लिएको छ ।