तारा एयरलाइन्स र एयरलाइन्सको भगिनी संस्था यती एयर लाइन्सले सन् १९९८देखि नेपालका विकट क्षेत्रहरुमा आफ्नो सेवा निरन्तर रुपमा प्रदान गर्दै आइरहेको छ ।
वर्षैभरी विकट क्षेत्रमा तालिका अनुसारका उडान सेवा उपलब्ध गराउने हालका लागि यो नै नेपालकै एक मात्र विमान सेवा हो ।
आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर)कार्यक्रमअनुसार तारा एयरले सक्रियरुपमा सोलुखुम्बु क्षेत्रको फोहर ब्यवस्थापन योजनालाई समर्थन गर्दै आइरहेको छ ।
यस कार्यक्रमको ब्यवस्थापन सगरमाथा पोल्यूसन कन्ट्रोल कमिटी (एसपीसीसी) र लुक्लामा आधारित हिमालयन क्लब संगको संयुक्त सहकार्यमा गरिएको हो ।
यस क्षेत्रको वातावरणिय गुणस्तर सन्तुलनका लागि तारा एयरले एसपीसीसी र हिमालयन क्लबको सहकार्यमा करिव ११ हजार किलोग्राम नकुहिने फोहर, ९ उडान सञ्चालन गरी लुक्ला विमानस्थलबाट उठाएको जानकारी दिइएको छ ।
एयरलाइन्सद्वारा प्रोयोजित यो सेवाको लागत १० लाखभन्दा बढी रहेको एयरलाइन्सले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
उडान मार्फत उठाइएको फोहरउचित रिसाइक्लिंग केन्द्रलाई हस्तान्तरणका लागि काठमाडौं मुन्सिपालिटी कर्पोरेशनलाई हस्तान्तरण गरिसकिएको जानकारी दिइएको छ ।
सन् २०१६मा यस्तै फोहर ब्यवस्थापनकार्यक्रममार्फत सोलुखुम्बु क्षेत्रबाटै एयरलाइन्सले १२
हजार किलोग्राम फोहर ब्यवस्थापन गरेको थियो ।