काठमाडौंमा युवा उद्यमीसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन सुरु भएकाे छ।
सम्मेलनमा बोल्दै गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले राजनीतिक स्थिरता हुने भएकाले नेपालमा लगानी गर्न अन्तराष्ट्रिय लगानीकर्ताहरु आकर्षित हुने दावी गरे।
उनले कृषि, पर्यटन र जलविद्युत क्षेत्रमा लगानी गरेर नेपालको आर्थिक समृद्धिको अभियानलाई तीव्रता दिने पर्याप्त आधार रहेको पनि स्पष्ट पारे।
कार्यक्रममा उद्यमशीलतामार्फत् नेपालको समृद्धितर्फको यात्रालाई सुनिश्चित गराउने विविध विषयमा छलफल गरिएको छ ।