स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा शुक्रबारबाट राजधानीको भृकुटीमण्डपमा हाइड्रो एक्स्पो सुरु भएको छ।एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरिन्।
२३ गतेसम्म सञ्चालन हुने एक्स्पोमा हाइड्रो पावर निर्माता, सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीहरु लगायत गरी एक सय भन्दा बढी स्टल रहेका छन्। यीमध्ये पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको छ।
एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहको आयोजकले जनाएको छ।
तस्वीरः रवि महर्जन/सेतोपाटी