नेपाल चार्टर एकाउन्टेन संस्था
(आइक्यान
) ले दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ
(साफा
) सम्मेलन आगामी माग १६ गतेदेखि काठमाडौंमा गर्ने भएको छ। सार्क देशहरूमा प्रत्येक वर्ष हुने सम्मेलन यो वर्ष नेपालमा गर्न थालेको हो।
'साफाको चेयर जुन राष्ट्रको हुन्छ
, त्यही राष्ट्रले वार्षिक बैठक बोलाउने हो
, सोही अनुसार यो वर्ष हामीले सम्मेलन गर्न थालेका हौँ' आइतबार आयोजित पत्रकार सम्मेलनमा आइक्यानका अध्यक्ष प्रकाशजंग थापाले भने।
सन् २०१८ को लागि साफा अध्यक्ष नेपालसँग छ। आइक्यानको सिफारिसमा नेपालको तर्फबाट साफाको अध्यक्ष पूर्व अध्यक्ष सुवोधकुमार कर्ण रहेका छन्।
सार्क राष्ट्रका चार्टर अकाउन्टेन्टहरूको संस्थाले पालै पालो गरिने साफा सम्मेलनको आयोजना गर्ने गर्छ।
वार्षिक बैठकको अवसरमा आयोजना गरिने सम्मेलनमा सार्क क्षेत्रका लेखा
, सुशासन तथा चार्टर्ड एकाउन्टेन्सी शिक्षासम्वन्धी मापदण्ड तथा सार्क राष्ट्रहरूमा सहकार्य कसरी गर्ने भन्ने विषयमा छलफल र निर्णयहरू गरिने जनाइएको छ।
साफाका विभिन्न समितिहरू मध्ये कम्तीमा ७ वटा समितिहरूको बैठक बस्ने
, सातै देशको प्रतिनिधीहरूको सहभागित रहने जनाइएको छ।
सम्मेलनको पहिलो दिन
(साफा क्वीज एण्ड एलोक्युसन कन्टेस्ट
) आयोजना गरिने बताइएको छ। यो प्रतियोगितामा सदस्य राष्ट्रका व्यवसायिक व्यावसायिक लेखा सम्वद्ध निकाय तथा संस्थाका फाइनल तहमा अध्ययनरत बिद्यार्थीहरूको सहभागिता रहने छ।
वित्तिय प्रतिवेदनमानहरूमा विद्यार्थीहरूको अभिरुचि अभिवृद्धि यो कार्यक्रको आयोजना गरिएको अध्यक्ष थापाले बताए। यस्तो कार्यक्रम नेपालले पहिलो पटक तथा सार्क क्षेत्रमा दोस्रो पटक आयोजना गर्न थालिएको आयोजकले जनाएको छ।
साफामा नेपालसहित सार्क राष्ट्रका ३ लाख ७५ हजार लेखा व्यवसायीहरू रहेका छन्। सन् १९८४ मा स्थापना भएको साफामा प्रत्येक वर्ष अध्यक्ष परिवर्तन गर्ने प्रवधान रहेको छ। नेपालले सन् २०१० मा सोफाको अध्यक्षता गरेको थियो भने अहिले २०१८ को साफा अध्यक्ष पनि नेपाल रहेको छ।