सोलारबाट विजुली उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी अगाडि बढाएका व्यवसायीहरुले तत्काल विद्युत खरिद सम्झौता गर्न विद्युत प्राधिकरणसँग माग गरेका छन्।
प्राधिकरणले निकालेको टेन्डरबाट छनौट भएका उत्पादकहरुले खरिद सम्झौता नगरिदिंदा हालसम्म गरेको लगानी डुब्ने जाेखिम बढेकाे गुनासा गरेका हुन्।
२०७२ साल फागुनमा सरकारले ल्याएको ‘ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक’ले सोलारबाट विजुली उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने अवधारणा ल्याएको थियो। ९ रुपैयाँ प्रति युनिटभन्दा माथि नहुनेगरी त्यसरी उत्पादिन विजुली सरकारले किन्ने उक्त अवधारणमा उल्लेख गरिएको थियो।
सोही अनुसार प्राधिकरणले २०७३ भदौमा तराई विभिन्न स्थान र काठमाडौंमा एकठाउँमा सौर्य उर्जा उत्पादन गर्न इच्छुकलाई आउन टेन्डर आब्हान गरेको थियो।
जसबाट ९ वटा कम्पनी छनौट भएका थिए।
[caption id="attachment_135336" align="alignnone" width="4608"]
ग्रिड कनेक्टेड साैर्य फाेटाेभेल्टीक परियाेजना निर्माताहरुकाे संस्थाले अायाेजना गरेकाे पत्रकार सम्मेलन।[/caption]
तराईबाट १२ जिल्लामा रहेका १६ सवस्टेशनमा जोडिनेगरी ६१ मेगावाट विजुली उत्पादन गर्नेगरी उक्त कम्पनीहरु छनौट भएका थिए।
कम्पनी छनौट भएर खरिद सम्झौताको ड्राफ्टमा समेत हस्ताक्षर भइसकेके पनि अन्तिम सम्झौतामा हस्ताक्षर गर्न तीन महिनादेखि प्राधिकरणले रोकेको फोटोभोल्टिक परियोजना निर्माता संस्थाहरुका संयोजक गुरुप्रसाद न्यौपानेले बताए।
प्राधिकरणले तत्काल सम्झौता गर्नुपर्ने कि अस्वीकार गरेको पत्र आफूहरुलाई दिनुपर्ने उनको माग छ।
‘हामीले करौडौं लगानी गरिसकेका छौं यस्तोमा आएर अल्झाउन पाइन्न’ उनले भने,‘कि त तत्काल सम्झौता गरिदिनुप¥यो कि अस्वीकार गर्नुप¥यो।’
अस्वीकार गरेपछि अदालत जाने उनले प्रष्ट पारे।
उता प्राधिकरण भने पहिले ९ रुपयाँ आधार मूल्यमा खरिद सम्झौता गर्नेगरी टेन्डर गरेको थियो। तर गएको मंसिरमा कमल थापा उर्जामन्त्री हुँदा सौर्य उर्जाको आधार मूल्य ७ रुपैयाँ ३० पैसा हुने निर्णय गराए।
मन्त्रालयले नै उक्त निर्णय गरिसकेको भन्दै प्राधिकरण सम्झौता गर्दा पिपिए दरमा सम्झौता गर्नुपर्ने अडानमा छ। उता व्यवसायीहरु भने आफूहरुलाई पुरानै दरमा टेन्डर गराइएको र खुल्लाप्रतिस्पर्धाबाट छनौट भएकोले नयाँ दरमा सम्झौता नगर्ने अडानमा छन्।
सौर्य उर्जाको लागत बढीरहेको जलविद्युतकै दरमा कुनै पनि हालतमा दिन नसकिने न्यौपनोको तर्क छ।
‘हामीले सानो स्केलको आयोजना लो भोल्टेजमा उपलब्ध गराउँदै छौं ’ उनले भने,‘यस्तोमा नयाँ मूल्यमा सम्झौता गर्न सकिंदैन।’
प्राधिरणले टेन्डरबाट छनौट गरेका ९ कम्पनीले ० दशमलब ५ मेगावाट देखि बढीमा ५ दशमलब ५ मेगावाट क्षमताका आयोजना निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए।
३३ र ११ केभिए सिस्टमका ग्रिडमा जोडिनेगरी उनीहरुले खरिद सम्झौता भएको १० महिनाभित्र आयोजना सम्पन्न गरिसक्ने बताएका छन्।