हालको व्यवस्थापन क्षेत्रलाई थप सुदृढ बनाउने उद्देश्यले राजधानीमा युनिग्लोब अन्तर्राट्रिय व्यवस्थापन सम्मेलन सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले मानव संसाधन तथा दक्ष जनशक्ति विकासका लागि यस्ता सम्मेलनले उल्लेख्य भुमिका खेल्ने बताए।
त्यस्तै मुख्य वक्ता लुजवियाना विश्व विद्यालय स्लोभियानाका प्रोफेसर डा. राडो बोजोनिकले विश्व बजारमा श्रमिकहरुको बढावा दिनका लागि अबको व्यवस्थापन शिक्षाले उल्लेख्य भूमिका खेल्नुपर्ने बताए।
बुधबारसम्म चलेको उक्त सम्मेलनमा ९४ वटा कार्यपत्रहरु समावेश गरिएको थियो। सम्मेलनमा भारत, बङ्गलादेश, स्लोभेनिया र नेपालका व्यवस्थापन संकायका विद्यार्थी, शिक्षक, र प्रोफेसर गरी करिब ६ सय जनाको सहभागिता थियो।
सम्मेलनमा आधुनिक बैंकिङ समस्या र चुनौति, मानव स्रोत व्यवस्थापन, संस्थामा गरिने व्यवहार, बजारिकरणमा समस्या र चुनौतिका विषयमा छलफल भएको थियो।
यस कार्यक्रममा प्रस्तुत भएका कार्यपत्रहरु कलेजको आगामी जर्नलमा प्रकासित हुने सम्मेलनका सभापती प्रो। डा.राधे श्याम प्रधानले जानकारी दिए।