अस्ट्रेलियन शैक्षिक परामर्शदाताहरुको छाता संगठन अस्ट्रेलियन एजुकेशन कन्सलटेन्ट एलाइन्स (एका)को आयोजनामा अप्रील २० तारिखका दिन सिडनीमा एका एजुकेशन एन्ड माइग्रेशन फेयर २०१८ आयोजना हुने भएको छ।
सिडनीमा आयोजित पत्रकार सम्मेलनमा एकाका अध्यक्ष निरज श्रेष्ठले कतिपय कलेजहरुले पढ्नै नपर्ने कोर्सहरु पनि पढाइरहेको सन्दर्भमा एकाले आवाज उठाएको उदारहण दिदै, आफुले शैक्षिक सेवा सँंगै बिध्यार्थीका लागि कल्याणकारी कार्य पनि गर्दै आएको बताए।
श्रेष्ठले हरेक बर्ष परिवर्तन हुने शैक्षिक निती र अध्यागमन कानुनका बिषयमा जानकारी दिने उद्देस्यले आयोजित यो कार्यक्रम बिद्यार्थीको लागि महत्वपुर्ण हुने बताए।
पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष भुपाल सिटौलाले ब्यापार प्रर्वधन मेलाको मुख्य ध्येय रहेपनि बिध्यार्थीका साझा समस्याको पहिचान र त्यसको समाधानका लागि संघले आफ्नो प्रतिबद्धता जाहेर गर्दै आएको बताए।