कर्पोरेट फुटसललाई फोर्डले मुख्य प्रायोजन गर्ने भएको छ।
फुटसल प्रतियोगिता आउँदो चैत्र ३ गते हुने भएको छ। जसको लागि गो अटोमोबाइल्स र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन बिच सम्झौता भएको छ।
गो अटोमोबाइल्सका बजार प्रमुख सुमन रेग्मी र आयोजक प्रोक्सी इन्फोटेक सोलुसनका ब्यवस्थापक शिसर गर्तौला बिच सम्झौता पत्र आदन–प्रदान भएको जनाइएको छ।
सम्झौता अनुसार प्रतियोगिता फोर्ड फुटसलको नामले संचालन हुनेछ। मुख्य प्रायोजक गो अटोमोबाइल्सले सम्झौता अनुसार आयोजकलाई नगद २ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।
कार्यक्रममा मुख्य प्रायोजक गो अटोमोबाइल्सका बजार प्रमुख रेग्मीले खेलकुदको माध्यमबाट कर्पोरेट हाउसबीच आपसी भाई–चारा बिस्तार गर्न महत्वपूर्ण भूमिका निभाउने धारण ब्यक्त गरे।
आयोजक प्रोक्सीका ब्यवस्थापक गर्तौलाले कर्पोरेट सेक्टरबीचको प्रतिस्प्रर्धाले खेलाडीहरुले रोजगारको अवसर पाउने धारण ब्यक्त गरे।
फोर्ड कर्पोरेट फुटसलमा बैंक, होटल, इन्सुरेन्स कम्पनी, हस्पिटल र रेमिट्यान्स कम्पनीका बीच प्रतिस्पर्धा हुने जनाइएको छ। एक दिने फोर्ड कर्पोरेट फुटसल प्रतियोगितामा २० टिमको सहभागिता रहने बताइएको छ।