अर्थमन्त्ती डा युवराज खतिवडाले वर्तमान सरकारले असल काम र चरित्रलाईमात्र प्रश्रय दिने बताएका छन्। शुक्रबार व्यवस्थापन संघको कार्यसमितिसँगको भेटमा खतिवडाले गर्नुपर्ने कामसँगै दायित्व पनि थुप्रै भएकोले असल काम र दायित्वलाईमात्र बह गरिने बताएका हुन्।
व्यवस्थापन संघका पूर्व अध्यक्षसमेत रहेका खतिवडालाई वर्तमान कार्यसमितिका सभापति शुशिल भट्टको नेतृतवमा गएको टोलीले मन्त्रीलाई बधाई तथा शुभकामना दिएको थियो।
खतिवडाले नेपालको वर्तमान संघीय संरचनामा नेपाल व्यवस्थापन संघले सरकारलाई सघाउन आप्mनो कार्यक्षेत्र विस्तार गरी प्रान्तीय संरचनामा जानुपर्ने बताएका थिए।
संघका सभापति सुशिल भट्टले वर्तमान परिप्रेक्ष्यमा नेपाल व्यवस्थापन संघले आप्mनो दायरालाई फराकिलो बनाउँदै लगेको र विभिन्न प्रदेशहरुको सामाजिक–आर्थिक विकासमा संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने विश्वास व्यक्त गर्दै त्यसको थालनी स्वरुप संघको ३७औं राष्ट्रिय व्यवस्थापन अधिवेशनमा सोसियो इकोनोमिक डेभलपमेण्ट इन द फेडरल स्ट्रक्चर विषयमा वृहत छलफल गरेको, प्रदेश सातमा त्यस क्षेत्रको श्रोतसाधनको पहिचान र विकासको सम्भाव्यतामाथि गहन छलफल गरी स्रोत परिचालन र विकासको मार्गदिशा तयार गरीरहेको अर्थमन्त्रीलाई जानकारी गराए।