यति एयरलाइन्स र तारा एयरले खुम्बु पासाङ ल्हामु नगरपालिका, सगरमाथा पोलुसन कन्ट्रोल कमिटि, हिमालय क्लब र युएनडिपीको सहकार्यमा सगरमाथा क्षेत्रबाट १०० टन फोहोर संकलन गरीएको छ।
यस अभियानबाट संकलित फोहारलाई काठमाडौंमा पुनः प्रयोग (रिसाइकल) गरिने जनाइएको छ। एयरलाइन्सको ‘सिएसआर’ अन्तर्गत उक्त अभियानबाट फोहोर ब्यवस्थापन र वातावरणिय सचेतना कार्यक्रम संचालनमा आएको हो।
लुक्ला बिमानस्थलमा शनिबार उद्घाटन भएको उक्त अभियानका क्रममा विभिन्न संकलन केन्द्रबाट ५ हजार किलो फोहोर उठाइएको थियो।
फोहोरमा बिशेष गरी बियरका खालि बोतल, टिनका भाँडा र सगरमााथा चढ्न र ट्रेकिङमा प्रयोग हुने वस्तुहरु रहेका छन्।
तारा र यति एयरलाइन्सका कार्यकारी प्रमुख उमेश चन्द्र राइले सगरमाथा सफाइको यो कदमले पर्यावरण बचाउन सहयोग पुग्नेमा बिश्वस्त रहेको बताए।