सार्क वाणिज्य र उद्योग च्याम्बरद्वारा आयोजित सार्क बिजनेस लिडर कन्क्लेभका अवसरमा सार्क-सीसीआई र ग्लोकलले युवाहरूलाई उद्यमशीलता र शिक्षामा अवसर प्रदान गर्न र साझा सहयोग पुर्याउने उदेश्यले ‘एमओयु’ हस्ताक्षर गरेका छन्।
एमओयु सार्क-सीसीआईका अध्यक्ष सुरज वैद्य र ग्लोकल प्राइभेट लिमिटेडका कार्यकारी निदेशक आशिष ठाकुरले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार दुवै पक्षले सार्क देशहरुमा रहेका किशोर–किशोरीलाई दक्षताका आधारमा ग्लोकल टीन हिरो प्लेटफार्म प्रदान गर्ने र ग्लोकल टीन हिरो सार्क राष्ट्रहरुमा लैजानेछन्।
निर्देशक ठाकुरले ग्लोकल टीन हिरोलाई सार्क राष्ट्रमा लान पाउनु महत्वपूर्ण क्षण रहेको बताए। ‘एमओयुले हामीलाई थप बल र सशक्तिकरण प्रदान गरेको छ,’ उनले भने।
ग्लोकल प्राइभेट लिमिटेडले अनलाईन मिडिया, ‘सीएसआर’ र ब्रान्ड परामर्शदाताका रुपमा काम गरिरहेको छ।