टाटा मोटर्स तथा सिप्रदी ट्रेडिङ्गले राजधानीमा वाकाथन सम्पन्न गरेको छ।
‘शिक्षामा समानता आजको आवश्यकता’ भन्ने मुलनाराको साथ गरिएको वाकाथनको प्रमुख उद्देश्य नेपाली शिक्षा जगतमा सकारात्मक योगदान पुर्याउनु रहेको आयोजकले बताएको छ।
यस कार्यक्रममा सहभागी हरेक व्यक्ति बराबर १ हजारका दरले टाटा र सिप्रदीद्वारा शिक्षा क्षेत्रको विकासका लागि आर्थिक सहयोग गर्ने कम्पनीले जनाएको छ।
करिब पाँच सय जनाको सहभागिता भएको वाकाथन थापाथली बाट सुरू भई त्रिपुरेश्वर, रत्नपार्क, भद्रकाली, माइतीघर हुँदै करिब ४ किमीको दुरी पार गर्दै पुनः थापाथली स्थित टाटाको शोरूममा आएर टुंगिएको थियो।
कार्यक्रममा टाटा मोटर्स नेपालको लागि कन्ट्रि म्यानेजर अजित नारायण सिंहले आफुहरूले यस बर्ष पनि नेपालको शिक्षा जगतको विकास र विस्तारको लागि केहि नयाँ प्रयास गर्न पाएकोमा खुसी व्यक्त गरे।
सिप्रदी सामाजिक उत्तरदायित्व प्रभावकारी ढंगले पुरा गर्न सधैं कटिबद्ध रहेको सिप्रदी ट्रेडिङ्गका कार्यकारी अध्यक्ष सिद्धार्थ सम्शेर राणाले जनाए।
एक बर्ष अगाडि टाटा र सिप्रदीले संयुक्त रूपमा शिक्षाको लागि टेष्ट ड्राइभ कार्यक्रम आयोजना गरेको थियो, जसमा हरेक टेष्ट ड्राइभ बराबर ५ सय शिक्षा क्षेत्रको लागि योगदान गरेको कम्पनीले जनाएको छ।