एसियाली विकास बैंकका उपाध्यक्ष वेन्चाइ झाङले नेपालमा दिगो र समावेसी विकासका लक्ष्य पुरा गर्न सबै प्रकारका सहयोग र सहकार्य गर्न तयार रहेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री युवाराज खतिवडा लगायतका उच्चपदस्थहरुसँगको भेटमा उपाध्यक्ष झाङले नयाँ संविधान आएपछि चुनाव भएर नयाँ सरकार आएकोले अब संक्रमण अन्त्यको यात्रामा नेपाल रहेको बताए।
उपाध्यक्ष झाङले अहिले नेपाल संघीय संरचनामा प्रवेश गरेको र संघीय संरचना विकासको संक्रमणकालीन अवस्थामा रहेकाले यस अवस्थालाई सफलतापूर्वक अगाडि डोहो¥याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उक्त अवसरमा झाङले सरकारका मुख्य प्राथमिकताका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले अर्थमन्त्री डा युवराज खतिवडा र अर्थसचिव राजन खनालसँग भेटका क्रममा एडिबीले नेपालको विकासका लागि सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
"एडीबी भौतिक र मानव पुँजी निर्माण, ऊर्जा, शहरी विकास, यातायात, शिक्षा र कृषिद्वारा हुने रोजगारी सिर्जनामा बैंकके सहयोग जारी हुनेछ।" उपाध्यक्षले भने।
नेपालले हालसम्म एडीबीबाट ५ अर्ब २६ करोड अमेरिकी डलर सहयोग पाएको छ। सन् १९६६ देखि ऋण तथा अनुदान स्वरुप नेपालले उक्त साहयता पाएको हो।
अहिले भने नेपालमा विभिन्न ३५ अयोजनामा २ करोड ४० लाख अमेरिकी डलर लगानी गरिरहेको छ।