चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले कमनवेल्थ विजनेश फोरममा सम्बोधन गरेका छन्।
लण्डनमा आयोजित कार्यक्रममा बोल्दै चौधरीले पहिले पैसा कमाउँ अनि मात्र समाज सेवा गरौंला भन्ने सोंच त्याग्नु पर्ने बताए।
विजनेश र सामाजिक कामहरू सँगसँगै अगाडि बढाउनुका साथै आफुलाई ब्यापार गर्ने वातावरण दिएको देशलाई मुनाफाको निश्चित अंश फिर्ता गर्न सक्नुपर्ने चौधरीले बताए।
बेलायती राजकुमार विलियम, माईक्रोसफ्टका संस्थापक विल गेट्स लगायत विश्वका प्रभावशाली विजनेश लिडरहरू उपस्थित कमन वेल्थ विजनेश फोरममा नेपालबाट अध्यक्ष चौधरी भएका थिए।
कमन वेल्थमा आवद्ध विश्वका ५२ मुलुकका राष्ट्र प्रमुखहरूको बैठकसँगै विजनेश फोरम आयोजना गरिदै आएको छ । यसपटक बेलायती महारानीले यो बैठकको आयोजना गरेकी थिइन् ।
अप्रिल १६ मा शुरू भएको विजनेश फोरम १८ तारिखमा समापन हुदेँछ। चौधरी ग्रुप कमन वेल्थ इन्टरप्राईज एण्ड इन्भेष्टमेन्ट काउन्सिलको सदस्य हुन्।
‘परोपकार पैसा होइन, समाजका लागि दिगो योगदान गरौं भन्ने व्यक्तिगत प्रतिवद्धता हो’ अध्यक्ष चौधरीले भने – 'समाजिक कामलाई पैसामा नाप्नुभन्दा त्यसबाट समाजको सकारात्मक रूपान्तरणमा के योगदान पुग्न सक्यो भन्ने दृष्टिकोणबाट हेरिनुपर्छ ।'