संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले भ्यू टावर बनाउन अबदेखि बजेट बिनियोजन नगर्ने बताएका छन्।
नेपालका डाँडा आफैमा टावर भएकोले अग्ला टावर आवस्यक नभएको उनले बताए।
मन्त्रालयले अवदेखि कुनै पनि त्यस्ता टावर बनाउन बजेट विनियोजन नगर्ने र मातहातका निकायलाई पनि त्यस्ता कार्यक्रममा बजेट नदिन उनले निर्देशन दिए।
मन्त्रिी भए लगत्तै ल्याएको सय दिने कार्ययोजनाको समिक्षा कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले नेपालका थुम्काहरु आफैमा टावरभन्दा बढी भएकोले अनावस्यक बजेट छर्ने काम तत्काल रोकिने बताए।
यसअघि मन्त्रालय र मातहतका निकायले पर्यटन पूर्वाधारको नाममा टावर बननउन देशभर बजेट दिंदै आएका थिए।