काठमाडौंबाट पोखरा आउँदै गरेको यति एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगिएको छ।
पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजको हाइड्रोलिक फेल भएपछि जहाज धावनमार्गबाट घाँसे मैदानमा पुगेको हो।
यति एयरको नाइन एन एएचयुको कलसाइन भएको जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने बेलामा जहाजमा समस्या आएको छ। जहाजमा रहेका चालक दल र २० जना यात्रु सकुशल छन् ।
जहाजलाई काठमाडौंबाट प्राविधिक बोलाएर समस्याका पहिचान गरिर्ने एयरलाइन्सले जनाएको छ ।