नेपालमा आएका पर्यटकहरूको ‘फेक रेस्क्यु’ गर्नेहरूलाई पोखराका पर्यटन व्यवसायीहरूले कारबाहीको माग गरेका छन्।
सोमबार पोखराका पर्यटन व्यावसायीले ‘फेक रेस्क्यु’का दोषीलाई तत्काल कारबाही गर्न माग गरेका हुन्।
कारबाही नगर्दा नेपाल आउने पर्यटकहरूले बुकिङ क्यान्सिल गर्न थालेको भन्दै तत्काल कारबाहीको माग गरे।
सरकारले दोषी पत्ता लगाई सकेपछि पनि कारबाही गर्न नसकेकोमा व्यवसायीले आक्रोश पोखे। यस्तो हुँदै जाने हो भने नेपालमा पर्यटनको सख्या ह्वात्तै घट्ने बताए। पर्यटन नै सकिने अवस्था छ । भन्छन्, ‘पर्यटन नै सकिए के गर्ने ?’
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य गणेश भट्टराईले पर्यटन नै सकिए रोजगारी नै सकिने बताउँछन् ।
सञ्जाल नै मिलेपछि हाम्रो केही नलाग्दो रहेछ पर्यटन व्यवसायी सोम थापाले भने, ‘एकै दिनमा ६२ लाखको ‘फेक रेस्क्यु’ गरेको उदाहरण छ। एउटै हेलिकप्टर २० चोटि रेस्क्यु गरेका छन्। साहसिक पर्यटकका लागि नेपाल आउने उनको भनाइ छ। हेलिकप्टर रेस्क्यु, उपचार खर्च फेक बनाएर इन्स्योरेन्सबाट पैसा तान्ने गरेको उनले बताए। ब्रिटिस, अमेरिका, अष्ट्रेलिया लगायतका देशले इन्स्योरेन्स नभए पर्यटकलाई ती देशमा जाने अनुमति नै नदिने गरेको बताए।
अन्तर्राष्ट्रिय स्तरका लागि यो पोजेटिभ म्यासेज नभएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका निर्वतमान अध्यक्ष दीपक अधिकारीको बताए।
उनले भने ‘नेपालमा ‘फेक रेस्क्यु’ रहिरहे कुनै पनि पर्यटक आउँदैनन्।’
साहसिक पर्यटन र पदयात्राका लागि पर्यटक नेपाल आउँछन् । पर्यटकलाई आकर्षित गर्न पहल गर्नुको सट्टा डोजर लगाएर पदमार्ग भत्काएको भन्दै उनले आक्रोश पोखे।
‘साहसिक पदयात्राका लागि पर्यटक नेपाल आउँछन्,’ भन्छन्, ‘भएको संरचनामा पनि डोजर लगाएपछि पर्यटनको कसरी विकास हुन्छ ?’
रेवान पोखराका पूर्वअध्यक्ष गोपी भट्टराईले ग्रुप बनाएर भएको यस्तो ‘फेक रेस्क्यु’मा मिलेमतो गर्नेलाई तत्काल कारबाही गर्ने माग गरे ।