कोरोनापछि खुलेको आन्तरिक हवाइ उडानमा एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुहरुको माग अपेक्षित रुपमा पाएपछि एयरलाइन्सहरु उत्साहित छन्। उनीहरुले खुलाएको उडानमा यात्रु भरिंदै गएपछि थप उडान गरिरहेका छन्।
एयरलाइन्सहरुले नयाँ अवस्थामा आन्तरिक पर्यटन प्रबर्द्धनका लागि भन्दै विभिन्न प्याकेजहरु पनि ल्याएका थिए। उनीहरुले ट्राभल एजेन्सी र होटलसँगको सहकार्यमा ल्याएको प्याकेजमा भने खासै आकर्षण बढेको छैन।
एयरलाइन्सहरुले ल्याएको प्याकेजप्रति चासो धेरै व्यक्त भएपनि खरिद गर्नेको संख्या भने न्यून रहेको छ।
न्यून नर्मन पर्यटनका लागि घरेलु पर्यटकलाई प्राथमिकता दिंदै बुद्ध, यती तथा समिट एयरले विभिन्न प्याकेज ल्याएका थिए। उनीहरुले ल्याएका प्याकेजका बारेमा चासो दिनेहरु धेरै भएपनि खरिद खासै भएका छैनन्।
हिमाली तथा पहाडी क्षेत्रका गन्तव्यहरुमा अनिवार्य पिसिआर रिपोर्ट, कतिपयमा क्वारेन्टिन अनिवार्य व्यवस्था गरेका कारण पनि यात्रुहरुले प्याकेज खरिद गर्न नसकेको एयरलाइन्सहरुले बताएका छन्।
यद्यपी यो व्यवस्थामा सहजीकरण भएमा बिक्री धमाधम हुने उनीहरुको विश्वास छ।
पोखरा र चितवनाका विभिन्न होटलहरुसँग मिलेर विभिन्न मूल्यका प्याकेज ल्याएको बुद्ध एयरमा अहिले बुझ्नेहरुको संख्या धेरै छ। चितवनको तुलनामा पोखराका बारेमा चासो राख्नेहरु धेरै भएको बुद्धका प्रबन्धक रुपेश जोशीले जानकारी दिए।
भर्खर उडान खुलेको तथा कोभिडको सन्त्रास बाँकी नै रहेकाले पनि एकैपटक मान्छेहरु ट्रिपमा जान हच्किएको हुनसक्ने उनको बुझाइ छ।
'ढिला चाँडो नेपालीहरु ट्रिपमा निस्कनेमा हामी विश्वस्त छौ' जोशीले सेतोपाटीसँग भने।
सामन्य अवस्थाको तुलनामा सस्तो तथा भीडभाड पनि न्यून हुने भएकाले बिक्री बढ्नेमा उनी विश्वस्त छन्।
त्यस्तै गएको असोज पाँच गते देशका विभिन्न गन्तव्यका लागि टुर प्याकेज ल्याएको यती एयरले पनि बिक्री हुन नसकेको बताएको छ। सामन्य बिक्री भइरहेको यतीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
यतीले ल्याएकामध्ये एभरेष्ट ट्रेल र राराका बारेमा धेरै चासो देखिएपनि बिक्री धेरै भएको छैन। लुक्ला र रारा जानका लागि पिसिआर परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ। यही कारणले प्याकेज खरिद गर्न यात्रुहरु हच्किएको बर्तौलाको बुझाइ छ।
सामन्य अवस्थामा लुक्ला जान र आउन लाग्ने हवाइ भाडाकै दरमा ट्रेल ट्रेकको लागत निर्रधारण गरिएको छ। सस्तो भएकाले पनि कतिपय यात्रु आकर्षित हुनसक्ने छन्।
कसले कस्तो प्याकेज ल्याएका छन्:
यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क?
लकडाउनपछिका लागि बुद्ध एयरले ल्यायो देशभित्र घुम्ने प्याकेज
समिट एयरको एड्भेन्चर टुर प्याकेज, कहाँ जान कति?