काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि सन् २००९ देखि नैकाम सुरु भएको थियो। क्षमता विस्तारका लागि भन्दै स्पेनिश कम्पनी सान्जोसेसँग सन् २०१३ मा ठेक्का सम्झौता भएको थियो।
सम्झौता भएको चार वर्षसम्म पनि काम सुरु भएपनि नेपाल नागरिक उड्डयन प्राधिकरणले ठेक्का रद्ध गरेको थियो।
ठेक्का रद्ध गरेपछि प्राधिकरणले नेपाली निर्माण व्यवसायीहरुलाई समेत सहभागी गराउनेगरी आयोजनाको वर्गिकरण गरेको थियो। सोहीअनुसार टर्मिनलभित्रको सुधारको काम नेपाली निर्माण व्यवसायीहरुले गरिसकेका छन्।
त्यस्तै दक्षिणतर्फको धावनमार्ग विस्तारको काम पनि सम्पन्न भइसकेको छ।
त्यस्तो तेस्रो चरणमा उत्तरतिरको धावनमार्गमा समानन्तर ट्याक्सी वे निर्माणका लागि गत वर्ष ठेक्का सम्झौता गरेको प्राधिकरणले अहिले आएर बल्ल चौथो किस्ताको कामका लागि टेन्डर आव्हान गरेको छ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले धावनमार्गको दक्षितिर रहेको ट्याक्सी वे लाई धावनमार्गसँगै समानन्तर बनाउनका लागि टेन्डर आव्हान गरिएको जानकारी दिए। यो काममा १२ मिटर लामो ट्याक्सी वे निर्माण हुने छ।
टर्मिनलको क्षमता विस्तार तथा पार्किङ वे थप्ने काम भने अझै बाँकी रहेको छ। अहिले विमानस्थलको गुरुयोजना समिक्षाको क्रममा रहेकाले यसमा केही समय लाग्ने भएको छ।
उत्तरतिरको भागमा यसअघि नै सम्झौता भएर काम सुरु हुनै लागेको पोखलेलले जानकारी दिए। यो पटकको आयोजनामा पनि एसियाली विकास बैंकको ऋणबाट काम गरिने छ। यसअघि सन् सन् २००९ म एडिबीसँग ऋण सम्झौता भएको थियो । उक्त परियोजनामा एडिबीले ८ करोड अमेरिकी डलर उपलब्ध गराएको थियो। तर काम नभएपछि उक्त ऋण सम्झौता भंग भएको थियो। अहिले नयाँ ऋण सम्झौता हुने भएको छ।
सन् २०१३ मार्च १६ मा स्पेनको सान्जेसो कम्पनीसँग तीन वर्षमा आयोजना सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। आयोजना सम्पन्न गरिसक्नुपर्ने मसय सन् २०१६ सम्म जम्मा १६ प्रतिशत काममात्र गरेपछि नागरिक उड्डयन प्राधिकरणले ठेक्का सम्झौता रद्ध गरेको थियो।