नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच चार बुँदे सहमती पछि आजैबाट पेट्रोलियमको बिक्री वितरण सहज हुने भनिए पनि सरकारीबाहेक अन्य निजी पेट्रोलपम्प खुलेका छैनन्।
शनिबार भएको सहमतिपछि आन्दोलनरत् नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले सबै विरोधका कार्यक्रम स्थगत गरे पनि अझै पेट्रोल पम्पले तेल नउठाउँदा अधिकांश पम्पहरू बन्द छन्।
साझा, नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका पेट्रोलपम्पहरूमा लामो लाइन लागेको छ। हेर्नुहोस् तस्बिरहरू