सरकारले पुष्पलाल राजमार्ग निर्माणका लागि ९ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ९ अर्ब ३३ करोडको बजेट घोषणा गरेका हुन्। यो बजेटबाट २ सय ३५ किलोमिटर सडक कालोपत्र गर्नुका साथै १६ वटा पुल निर्माण हुने बताइएको छ।