सरकारले गृहिणीलाई उत्पादनमूलक कार्यमा संलग्न गराउन उद्यमी गृहिणी कार्यक्रम सञ्चालन गर्ने बताएको छ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उनीहरूको रूची र क्षमताको क्षेत्रमा उद्यमशीलता सम्बन्धी तालिम र लघुवित्तमार्फत सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने घोषणा गरेका हुन्।
साथै, उनीहरूबाट उत्पादित वस्तु स्थानीय तहबाट सञ्चालित हुने कोसेली घरहरूबाट बिक्री गरिने व्यवस्था गरिने बताएका छन्।